June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १३४३ जना संक्रमित

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, १३४३ जना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । त्योसँगै संक्रमणका कारण निधन हुनेको संख्या १ हजार ५५१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप १ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १११ जना कोरोाना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको मन्त्रालयले जनाएको छ।