June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नौं दिनपछि नेप्से १५.५७ अंकले लाग्यो ओरालो, ८ अर्बको कारोवार

नौं दिनपछि नेप्से १५.५७ अंकले लाग्यो ओरालो, ८ अर्बको कारोवार

काठमाडौं । नौ दिन लगातार उकालो लागेको सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकले बिहीबार ओरालो लागेको छ । सेयर बजार परिसूचक नेप्से १५.५७ अंकले ओरालो लागेर २०५५.४५ अंकमा अडिएको छ । नेप्सेमा आज ६४ हजार ४२६ वटा कारोबारबाट २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ६० लाख २४ हजारको कारोबार भएको छ ।


विभिन्न सारेककारवाला निकायहरुले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरिहँदा लगानीर्तामा सजग हुँदा बजारमा रोकिएको हो । बजार परिसूचकमा करेक्सन देखिए पनि कारोबार रकम भने उल्लेख्य देखिएको छ । अघिल्ला दिनहरुमा विभिन्न उपसमूहहरु परिवर्तन गरेर लगानी गरिहका लगानीकर्ताहरुले बिहीबार नाफा बुक गर्न खोज्दा बजारमा करेक्सन देखिएको हो ।


गत बिहीबार ५३ महिना पुरानो रेकर्ड तोडेर अगाडि बढेको नेप्सेले साताको अन्तिम दिन भने ओरालो लागेको हो । आज नेप्सेमा हाइड्रोपावर र लघुवित्त बाहेकका सबै उपसूचकहरुमा करेक्सन आएको छ । जसले गर्दा समग्र बजार परिसूचक नै ओरालो लागेको हो । लघुवित्त उपसूचक ०.९५ र हाइड्रोपावर उपसूचक ०.६ प्रतिशतले बढेपनि बजारमा ठूलो हिस्सा रहेको बैंकिङ, बिमासँगै अन्य समूहको उपसूचकमा करेक्सन हुँदा नेप्सेमा दोहोरो अंकको करेक्सन भएको छ ।


बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.५८ प्रतिशतले करेक्सन हुँदा व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ६.९४ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा समूहको सूचक २.०१ प्रतिशत र उत्पादन र तथा निर्जीवन बिमा समूहको सूचक डेढ प्रतिशत माथिले करेक्सन भएको छ । अन्य समूहको सूचक पनि १.०६ प्रतिशतले करेक्सन भएको छ । आज नेप्सेमा ६४ हजार ४२६ वटा कारोबारबाट २०० कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ६० लाख २४ हजारको कारोबार भएको छ ।