June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

कोरोना बीमाको भुक्तानी तीन दिनभित्रै गर्न अर्थ मन्त्रालयको निर्देशन

कोरोना बीमाको भुक्तानी तीन दिनभित्रै गर्न अर्थ मन्त्रालयको निर्देशन

मंसिर १८, काठमाडौं ।
अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीको काममा ढिलाइ गरेको भन्दै तीन दिनभित्र भुक्तानी दिन बीमा समितिलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले कोरोना बिमाको रकम सात दिनभित्र दिनु भन्ने यसअघिको आफ्नो निर्देशन कार्यान्वयन नभएपछि निवेदन परेको तीन दिनभित्र भुक्तानी दिन पुन निर्देशन दिएको हो ।

यसअघि बिमाको रकम भुक्तानी दिन बिमा कम्पनीहरुले आनाकानी गरेको गुनसो बढेपछि मन्त्रालयले कात्तिक १८ गते बसेको बैठकले सात दिनभित्र बीमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो । मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमित रुपमा मन्त्रालयमा प्राप्त नभएको बताएको छ ।

कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी गरि दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ । मन्त्रालयले बिमा कम्पनीले दिन बाकि रहेको भुक्तानी रकम, देखिका समस्या र समाधानका लागि भए प्रयासबारे जानकारी गराउन पनि निर्देश गरेको छ ।

त्यस्तै मन्त्रालयले कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पुरा भएको दाबी संख्या, भेरीफिकेशन लागि स्वास्थ सेवा विभागमा पठाएको संख्या, भेरीफिकेशन नभएका वा नकली दावीको विवरण, दाबी भूक्तानिको विवरण र सबै कागजात पूरा भई भुत्तानी गर्न बाँकीको विवरण पनि उपलब्ध गराउन निर्देशन दिएको छ ।