June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

सिमकोट विमानस्थल क्‍वाटरमा लागेको आगलागीमा करिब ११ लाख रुपैयाँको क्षति

सिमकोट विमानस्थल क्‍वाटरमा लागेको आगलागीमा करिब ११ लाख रुपैयाँको क्षति

मंसिर १८, काठमाडौं ।
हुम्लाको सिमकोट विमानस्थलको क्वाटरमा आगलागी हुँदा करिब एघार लाख रुपैँया बराबरको क्षति भएको छ । आज बिहान ५ बजे विद्युतको तार सर्ट भएर आगो लागेको थियो । आगोलागीबाट करिव १० लाख ६४ हजार रुपैया बराबरको क्षति भएकोअनुमान गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल ,नेपाल प्रहरीले आगलागि भएको दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय, हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन् । उनको हातमा चोट लागेको र उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।