June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

पूर्वाधार निर्माणको क्षेत्रमा एक दशकमा ठूलो परिवर्तन भयो : मन्त्री नेम्बाङ

पूर्वाधार निर्माणको क्षेत्रमा एक दशकमा ठूलो परिवर्तन भयो : मन्त्री नेम्बाङ

मंसिर १८, काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले । पूर्वाधार निर्माणको क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको बताएका छन् । आर्थिक वर्ष २०७७÷७८ को पहिले चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उनले मातहतका निकायलाई एक दशकमा ठूलो परिवर्तन भएको र यसमा नै सिमित रहने अवस्था नरहेकोे बताए ।

भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससंग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु पनि स्वाभाविक रहेको उनको भनाइ रहेको छ । मन्त्री नेम्वाङले विकास निर्माणमा देखिएका समस्या मिहीनरुपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने बताए ।

परिवर्तित अवस्थामा सबै कुराहरुलाई परिवर्तन गरेर जादाँ आशातित प्रतिफल प्राप्त हुने भएकाले जिम्मेवार निकायमा रहने अधिकारीहरुमा पनि त्यहि अनुसार जिम्मेवारी र लगनशीलतामा परिवर्तन आउनुपर्ने बताए । राज्य र जनताका अपेक्षा धेरै भएकाले राज्यको जिम्मेवार निकायमा बसेकाले आफूले कति गरेको छु भनी स्वमूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।