June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

सातामै ४० अर्बको कारोबार, नेप्सेसूचक पाँच दिनमा १ सय ६२ अंक बढ्यो

काठमाडौं । तिहारयता सेयर बजारले एकपछि अर्को नयाँ रेकर्ड कायम गर्न थालेको छ । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मको उच्च कारोबार भएको हो । नेप्सेको तथ्यांकअनुसार साताभर ४० अर्ब ९८ करोड ८७ लाख २३ हजार ८ सय ८ रुपैयाँको सेयर कारोबार भएको हो ।

यस साता २ सय १२ कम्पनीको ४० अर्ब ९८ करोड बढीको १० करोड ११ लाख ६७ हजार ३ सय ९४ कित्ता सेयर कारोबार भएका छन् । गत साताको तुलनामा नेप्से सूचक १ सय ६२ अंकले बढेको हो । गत साता २ सय १२ कम्पनीको ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार २ सय रुपैयाँबराबरको ७ करोड ५८ लाख ३८ हजार ८ सय ६४ कित्ता सेयर कारोबार भएको थियो । बजार पुँजीकरण २७ खर्ब ५५ अर्ब नाघेको छ ।

कारोबार रकमसँगै नेप्से सूचकले समेत यस साता पनि नयाँ रेकर्ड कायम गरेको हो । सेयर कारोबार रकममा उछाल आउने क्रम यस साता पनि जारी रहेको थियो । छोटो समयमा बढेको बजारबाट नाफा बुक गर्नेहरू यस साता पनि सक्रिय देखिएका छन् । साताको चार दिन लगातार बढेर साताको अन्तिम दिन बजार घट्दा लगानीकर्ताले यसलाई सामान्य करेक्सनका रूपमा लिएका छन् । बजारमा तेजी आएसँगै लगानीकर्ताको मनोबलसमेत उच्च भएको देखिन्छ । बजार बढ्नुको कारण नयाँ लगानीकर्ताहरू थपिनु, पुराना लगानीकर्ताको आत्मबल दह्रो हुनु, वित्तीय प्रणालीमा प्रचुर लगानी गर्न मिल्ने रकम हुनु मानिएको छ ।

साथै, यतिबेला अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकसहित सम्बन्धित वित्तीय संस्थालाई समेत धौधौ परेको अवस्था छ । अधिक तरलताकै कारण ब्याजदर घटेको छ । बैंकले सेयर धितो कर्जा सजिलैसँग दिइरहेका छन् । यस कारणसमेत बजारमा लगानीकर्ता सक्रिय भएर बजार बढ्दो ट्रेनमा रहेको जानकारको भनाइ छ । बजारको चक्रीय नियमअनुसार पनि क्रमशः बजारले नयाँ उचाइ बनाउँदै जाने सम्भावना छ । सेयर बजारको गति सधैं एकनासको हुँदैन । यसर्थ, लगानीकर्ताले दिनहुँ हुने उतारचढाव भन्दा पनि अलि लामो अवधिसम्म होल्ड गर्ने हिसाबले सेयर खरिद गर्न सक्दा राम्रो हुन्छ । सबल वित्तीय सूचक भएका, राम्रो लाभांश क्षमता रहेका कम्पनी छनोट गर्न सक्नुपर्ने सेयर बजार जानकार बताउँछन् ।

साताभरको कारोबारमा नेप्से सूचक एक दिन मात्रै घटेको छ । साताको पहिलो दिन आइतबार १ हजार ८ सय ९३ दशमलव २५ को बिन्दुबाट सुरु भएको बजार ७५ दशमलव ०२ अंकले नेप्से बढेर १ हजार ९ सय ६८ दशमलव २७ को बिन्दुमा पुगेको थियो । त्यस्तै, सोमबार २८ दशमलव ७९ अंकले, मंगलबार ३ दशमलव ३५ अंकले र साताको चौथो दिन ७० दशमलव ६२ अंकले बढेको थियो । साताको अन्तिम दिन भने बजारमा सामान्य करेक्स आएको थियो । त्यस दिन सूचक १५ दशमलव ५७ अंकले सूचक घटेर अन्तिम समयमा २ हजार ५५ दशमलव ४६ को बिन्दुमा आएर कारोबार रोकिएको हो ।

साताभरको कारोबारमा नेप्से सूचक एक दिन मात्रै घटेको छ । साताको पहिलो दिन आइतबार १ हजार ८ सय ९३ दशमलव २५ को बिन्दुबाट सुरु भएको बजार ७५ दशमलव ०२ अंकले नेप्से बढेर १ हजार ९ सय ६८ दशमलव २७ को बिन्दुमा पुगेको थियो

यस साता कारोबारमा आएका १२ वटा उपसमूहमध्ये चारवटा उपसमूह घटेका छन् भने बाँकी बढेका छन् । साताको पहिलो दिनको तुलनामा सबैभन्दा बढी जीवन बिमा १ हजार ३ सय ९० दशमलव ६५ अंकले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन ४ सय ३ दशमलव ५९ अंकले, लद्युवित्त ३ सय १ दशमलव ६७ अंकले, निर्जीवन बिमा २ सय ३७ दशमलव ४५ अंकले, अन्य समूह २ सय ६९ दशमलव ५५ अंकले, जलविद्युत् २ सय २७ दशमलव २१ अंकले, होटेल २६ दशमलव ९५ अंकले, म्युचुअल फन्ड शून्य ३० अंकले बढेको छ । घट्नेमा व्यापार समूह २ सय ५१ दशमलव १४ अंकले, वित्त समूह १५ दशमलव ८१ अंकले, बैंकिङ समूह ५१ दशमलव ३ अंकले र विकास बैंक ९८ दशमलव ७४ अंकले घटेको छ ।

साताभर कारोबारमा आएका कम्पनीमा सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यसको २ अर्ब ८० करोड ७८ लाख १४ हजार १ सय ८० रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीको १ अर्ब ६९ करोड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १ अर्ब ५९ करोडभन्दा बढीको कारोबार भएको हो ।

यस साता नेप्सेमा २ कम्पनीको सेयर सूचीकृत भएको छ । जसमा विजय लद्युवित्त वित्तीय संस्थाको २ लाख ९२ हजार २ सय १५ कित्ता र फरर्वाड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाको १२ लाख २७ हजार ४ सय ३४ कित्ता सेयर सूचीकृत भएको हो । नियमित कारोबारका लागि नेप्सेको कारोबार पाँच दिन खुला रहेको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक साताको पहिलो दिनको तुलनामा ८ दशमलव ३५ अंकले बढेर ३ सय ९२ दशमलव २९ को बिन्दुमा आइपुगेको छ ।राजधानी दैनिकमा खवर छ ।