June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

उद्योगधन्दा संचालनमा समस्यामा देखिएपछि ६६ अर्ब रुपैयाँ बराबरको पुर्नकर्जा स्वीकृत

उद्योगधन्दा संचालनमा समस्यामा देखिएपछि ६६ अर्ब रुपैयाँ बराबरको पुर्नकर्जा स्वीकृत

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंसिर १७ गतेसम्ममा ६६ अर्ब रूपैयाँ बराबरको पुर्नकर्जा स्वीकृत गरिसकेको जनाएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण उद्योगी व्यवसायीको उद्योगधन्दा समस्यामा परेको भन्दै उक्त परिमाणको पूर्नकर्जा स्वीकृत भएको हो । बिहीबार मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै गभर्नर अधिकारीले साउन ६ गते जारी गरेको पुनर्कर्जा कार्यविधि अनुसार नै कर्जा स्वीकृति गरेको दाबी गरे ।


सरकारले गत साउनमा मौद्रिक नीतिमार्फत् पुनर्कर्जा दिने नीति ल्याइएको थियो । सोहीअनुसार राष्ट्र बैंकले असोज मसान्तसम्मको म्याद राखेर पुनर्कर्जा लिन चाहनेहरुको लागि आवेदन दिन आग्रह गरेको थियो । राष्ट्र बैंकले तोकेको मितिभित्र ६९ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जाका लागि आवेदन परेको थियो ।


दिएको आवेदनबाट राष्ट्र बैंकले ६६ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत दिएको हो । कार्यविधिअनुसार कोरोनाबाट प्रभावित निजी क्षेत्रलाई अतिप्रभावित, प्रभावित र सामान्य प्रभावित गरी तीन भागमा विभाजन गरी पुनर्कर्जा प्रदान गर्नुपर्ने व्यवस्था छ । पुनर्कर्जा लिनेहरुले कम्तीमा तीनदेखि बढीमा पाँच प्रतिशतसम्म ब्याज तिर्नुपर्ने व्यवस्था छ ।