June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

नेपाल धितोपत्र बोर्डसँग ब्रोकर कमिसन घटाउन सेयर लगानीकर्ताको माग

नेपाल धितोपत्र बोर्डसँग ब्रोकर कमिसन घटाउन सेयर लगानीकर्ताको माग

मंसिर १९, काठमाडौं ।
सेयर लगानीकर्ताले सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिशन घटाउन घटाउन नेपाल धितोपत्र बोर्डसँग माग राखेका छन् । लगानीकर्ताल पछिल्लो समय दैनिक ७÷८ अर्बको कारोबार भएपनि ब्रोकर कमिशन भने अत्यधिक भएको आपत्ति जनाउदै यस्तो माग राखेका हुन् ।

हाल ब्रोकर कम्पनीहरुले ०.६५ प्रतिशतसम्म ब्रोकर कमिशन लिँदै आएका छन् । यसलाई घटाएर ०.२५ प्रतिशत बनाउनु पर्ने लगानीकर्ताको माग छ । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलका अनुसार ब्रोकर कमिशन घटाउनका लागि शुक्रबार लगानीकर्ताहरुको बोर्डमा ज्ञापन पत्र बुझाउँदै छन् ।