June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

समता लघुवित्तको वार्षिक साधारण सभा पुस १४ गते हुने

समता लघुवित्तको वार्षिक साधारण सभा पुस १४ गते हुने

मंसिर १९, काठमाडौं ।
समता लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण सभा पुस १४ गते हुने भएको छ । कम्पनीको मंसिर १९ गतेको सञ्चालक समितिको बैठकले होटल क्लासिक प्रालि सिमरा, बारामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद लाभांश पारित गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गतेदेखि बुक क्लोज गर्ने बताएको छ । समता र घरेलु लघुवित्त एकआपसमा गाभिन लागेको हुँदा शेयर आदानप्रदान दर (स्वाप रेसियो) पनि साधारण सभाले पारित गर्नेछ ।

एक आपसमा गाभिएपछि लघुवित्त संस्थाको नामा समता घरेलु लघुवित्त वित्तीय संस्ता रहने र मर्जरका लागि अन्तिम सम्झौता गर्न र सो सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाले पारित गर्ने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १९ करोड ११ लाख १६ हजार रहेको छ ।