June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले १०.५३ प्रतिशत लाभांश दिने

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले १०.५३ प्रतिशत लाभांश दिने

मंसिर १९, काठमाडौं ।
श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट ७ दशमलव ३७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले ६ करोड १० लाख ९९ हजार ८७९ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । त्यस्तै, २ करोड ६१ लाख ९७ हजार ५०६ रुपैयाँ नगद बाँड्नेछ ।
कम्पनीको मंसिर १८ गतेको सञ्चालन समितिले गरेको यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८२ करोड ९० लाख ३५ हजार रहेको छ ।