June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

मोरङमा कोरोना संक्रमित दुई जना पुरुषको मृत्यु

मोरङमा कोरोना संक्रमित दुई जना पुरुषको मृत्यु

मंसिर १९, काठमाडौं ।
मोरङका दुईवटा अलगअलग अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित दुईजना पुरुषको मृत्यु भएको छ । गएराति उपचारका क्रममा बूढीगंगास्थित विराट शिक्षण अस्पताल र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको हो । मृत्यु भएका एक जना सिराहा र एक जना झापाका बासिन्दा हुन् ।

झापाको दमकका ५६ वर्षीय पुरुषको गएराति १२ बजेतिर विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो । ती व्यक्तिमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या आएपछि सुरुमा मंसिर १३ गते विराटनगरको विराट नर्सिङ होम भर्ना गरिएको थियो । त्यहाँ गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएपछि आफन्तले उनलाई बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गराएका थिए ।

त्यस्तै, सिरहाको मिर्चैयाका ७५ वर्षीय वृद्धको गएराति १२ बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। छात्ती दुख्ने र ज्वरो आउने गरेपछि उनी मंसिर १८ गते दिउसो अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा स्वाब परीक्षण गराउँदा कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा राति नै मृत्यु भएको अस्पतालले जनाएको छ ।