June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

नेपाल भारतबीचको संवादहीनता अन्त्य भयो : परराष्ट्रमन्त्री

नेपाल भारतबीचको संवादहीनता अन्त्य भयो : परराष्ट्रमन्त्री

मंसिर १९, काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल भारतबीच लामो समयदेखि रहेको संवादहीनता अन्त्य भएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले नक्सा प्रकाशनपछि बन्द भएको संवादहीनता अन्त्य भएको बताएका हुन् ।

विदेश सचिवको नेपाल भ्रमणमा सीमा सम्बन्धी समस्यालाई औपचारिक एजेन्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तीमा समेत उल्लेख गरिएको बताए । यसबाट नेपाल र भारतबीच रहेका सीमा विवाद लगायतका सबै विषयमा छलफल हुने बाटो खुल्ला भएको पनि मन्त्री ज्ञवालीले बताए ।

मन्त्री ज्ञवालीले बैठकमा दोस्रो सीमा समस्यालाई औपचारिक रूपमा दुवै देशले स्वीकार गरेको र नेपालले औपचारिक रूपमा सीमा समस्यालाई एजेन्डाका रूपमा राखेको बताएका थिए । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको प्रष्ट पारे ।

व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए । यस्तै सीमा सम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिव स्तरीय बैठक बस्ने तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले बताए ।