June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

थापाथली क्याम्पसमा प्रचण्ड–नेपाल पक्षको विद्यार्थी संगठन भेला

थापाथली क्याम्पसमा प्रचण्ड–नेपाल पक्षको विद्यार्थी संगठन भेला

मंसिर १९, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विद्यार्थी संगठन भेला सुरु भएको छ । थापाथली इन्जिनियरिङ क्याम्पसमा सुरु भएको भेलालाई प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गर्दैछन् ।

नेकपा अध्यक्ष केपी ओली पक्षले मदन भण्डारी फाउन्डेसनका नाममा देशव्यापी भेला र छलफल गरिरहेका बेला प्रचण्ड(नेपाल पक्षले पनि युवा(विद्यार्थी भेला शुरु गरेको हो । पार्टीभित्र आन्तरिक विवाद बढीरहेको बेला उक्त विवादको झल्को तल्लोतहसम्म पुगेको पुष्टि गर्नेगरी गुटगत भेलाहरु सुरु हुन थालेका छन् ।

यसैक्रममा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका युवा नेताहरु भेला भएका हुन् । कार्यक्रममा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपाने लगायतका सहभागिता रहेको छ । यस्तै विद्यार्थी संगठनका तर्फबाट अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङ लगायत रहेका छन् ।