June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेपाल वायुसेवा निगमको हङकङ उडानलाई चौंथो पटक प्रतिबन्ध

नेपाल वायुसेवा निगमको हङकङ उडानलाई चौंथो पटक प्रतिबन्ध

मंसिर १९, काठमाडौं ।
नेपाल वायुसेवा निगमको हङकङ उडानमा चौंथोपटक प्रतिबन्ध लागेको छ । नेपाल वायुसेवा निगमको जहाजले कोभिड–१९ का पोजिटिभ यात्रु बोकेर गएको भन्दै हङकङले निगमको उडानमा चौथो पटक १५ दिने प्रतिबन्ध लगाएको हो ।

यसअघिका उडान प्रतिबन्धमा पर्दा निजी अस्पतालमा गरिएको कोरोना परीक्षण रिपोर्टमा धेरै कैफियत देखिएको नेपाल एयरलाइन्सले बताएको थियो । सोही कारण देखाउँदै हङकङ उडानमा जाने यात्रुलाई सरकारी प्रयोगशालाको रिपोर्टमात्र मान्य हुने निर्णय गरेको थियो ।

नेपालको सरकारी प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गरी नेगेटिभ नतिजा आएका यात्रुको शंका लागि परीक्षण गर्दा हङकङमा पोजेटिभ देखिएको हो । त्यसलगत्तै हङकङ सिभिल एभिएसनले आफ्नो नियमानुसार कारबाही स्वरुप उडान प्रतिबन्ध लगाएको हो ।