June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, थपिए १५६७ जना नयाँ संक्रमित

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, थपिए १५६७ जना नयाँ संक्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा १६ जना कोरोना संक्रमितको मृत्यु भएकोहो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ ।


त्यस्तै, नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २७२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार ५७५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन ्। योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।