June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

आज नेकपा सचिवालय बैंठक बस्दै, के होला निणर्य ?

आज नेकपा सचिवालय बैंठक बस्दै, के होला निणर्य ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज दिउँसो १ बज बस्दैछ । विगत १० महिना देखि पार्टीभित्र देखिएको आन्तरिक कलहका कारण बारम्बार बस्दै आएको शीर्ष नेताहरुको बैठक आज बस्न लागेको हो ।


गत कात्तिक २८ गतेको सचिवालयमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न राजनीतिक आरोप लगाउँदै प्रस्ताब दर्ता गराएपछि विवाद चर्किएर गएको छ । प्रधानमन्त्री समेत रहेका ओलीले पनि प्रचण्डलाई विभिन्न आरोप लगाउँदै मंसिर १३ गते अर्को प्रस्ताब दर्ता गराएका थिए । यसरी दुवै अध्यक्षबाट आएका राजनीतिक प्रस्ताबलाई सचिवालय हुँदै स्थायी कमिटि र केन्द्रीय कमिटिमा लैजानु पर्ने विषय घनिभूत भइरहेको अवस्थामा आज पुनः सचिवालय बस्न लागेको हो ।


मंसिर १३ गते बसेको सचिवालयमा अध्यक्ष ओलीले प्रचण्डको प्रस्ताव राजनीतिक पूर्वाग्रह र आरोपहरुको पुलिन्दा वाहेक केही नभएको तर्क गर्दै खारेज गर्न भनेका थिए । तर, सचिवालयका बहुमत सदस्यबाट आएको प्रस्ताब भएकाले फिर्ता नहुने भन्दै दुई थप छलफलका लागि मंसिर १७ गते सचिवालय डाकिएको थियो । त्यस बैंठकमा पनि ओली उपस्थित नभएपछि कुनै निश्कर्ष निस्केको थिएन् । आजको बैठकमा पनि ओली जाने कि नजाने भन्ने कुरा अनिश्चित नै छ ।

शुक्रवार बिहान प्रचण्डसँग भेट्न ईश्वर पोखरेल प्रचण्डनिवास खुमालटार पुगेका थिए । उप्रधानमन्त्री समेत रहेका पोखरेलले पार्टी विवाद समाधानका लागि साझा प्रस्तावको लागि अध्यक्ष प्रचण्डसँग आग्रह गरेको बताइएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको टकराव बढिरँहदा पार्टी फुटको अवस्था पुगेको छ । पार्टी फुटबाट बचाउँन र एकता कायम गर्न नेकपाका दोस्रो तहका नेताहरुले सक्रियता बढाएका छन् । हिजो महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

नेकपाभित्र ओलीले पार्टीका सबै बैठकहरु रोक्ने रणनीति अपनाएपछि प्रचण्ड पक्षधर कडा भइरहेका छन् । सरकार सञ्चालन र पार्टी सञ्चालनमा ओलीले एकलौटी गरेको भन्दै आक्रोशित सचिवालयका बहुमत सदस्यले पार्टी भित्रको आन्तरिक विवाद हल गर्न पार्टीभित्रै घनिभूत छलफल माग गरेपनि ओली तयार छैनन् । केन्द्रमा भएको विवाद बढदै जाँदा पाटीका भातृ संगठनमा समेत गुठगत भेला बढेका छन् ।