June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

पाइपलाइनबाटै अब अमलेखगन्जमा पेट्रोल आयात गरिने

पाइपलाइनबाटै अब अमलेखगन्जमा पेट्रोल आयात गरिने

अमलेखगन्ज-मोतीहारी पेट्रोलियम पाइपलाइनबाट अब पेट्रोल पनि आयात गर्ने भएको छ । १५ महिनादेखि भारतबाट डिजेल आयात गरिरहेको निगमले अब पेट्रोल पनि ल्याउने तयारी गरेको हो ।
त्यसका लागि भारतीय आयल कर्पोरेसन (आइओसी) सँग छफल भइरहेको निगमले जनाएको छ । आइओसीले मोतीहारीमा भर्टिकल ट्यांक बनाएलगत्तै पाइपलाइनबाटै पेट्रोल आयात हुने निगमको अमलेखगन्जस्थित २ नम्बर प्रादेशिक कार्यालय प्रमुख भरत रेग्मीले बताए ।


रेग्मीका अनुसार पेट्रोल भण्डारणको लागि अमलेखगन्जमा ४२–४२ लाख लिटर क्षमताका थप दुई वटा पेट्रोल ट्यांक, ३०–३० लाख लिटर क्षमताका दुई वटा पानी ट्यांक, अत्याधुनिक प्रयोगशाला लगायतका संरचनाको निर्माण तयारी गरेको छ । यसको लागि निगमले पूर्वाधार निर्माणका लागि पानै २ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । उत्र आयोजना सफल भएमा प्रतिघण्टा बढीमा ४ लाख लिटर पेट्रोल आयात गर्न सकिने छ । आईओसीले मोतीहारीमा ट्यांकलगायत बनाउने काम २०२१ अक्टोबरसम्म सक्ने लक्ष्य राखेको छ । यस अवधिमा अमलेखगन्जमा ८ हजार २ सय किलोलिटरको भण्डार पेट्रोल ट्यांक निर्माण थालिने छ ।

हाल अमलेखगन्जमा १९ लाख किलोलिटरका लागि पेट्रोल ट्यांक छन । तीमध्ये पाँच लाख लिटरका अन्डरग्राउन्ड ससाना ट्यांकी छन । त्यसबाट पाइपलाइनको तेल आयात गर्न मिल्दैन । जसले गर्दा थप ट्यांक निर्माण आवश्यक भएको र चाँडै बनाउँने तयारीमा रहेको छ ।

दुई दशकदेखि चर्चा सुरु भएको बहुप्रतीक्षित पेट्रोलियम परियोजना गत वर्ष भदौमा उद्घाटन भएको थियो । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्विच थिचेर अमलेखगन्ज–मोतीहारी पेट्रोलियम पाइपलाइन शुभारम्भ गरेका थिए ।


पाइपलाइनमा तेल भित्र्याउने योजना सम्झौताको १५ वर्षपछि पूरा भएको थियो । भारततर्फ ३२.७ र नेपालतर्फ ३६.२ किमि रहेको पाइपलाइनको डाइमिटर १०.७५ इन्च छ । भित्री भाग १० इन्च छ । त्यही भागबाट डिजेल आयात भइरहेको छ । पाइपलाइनमा आईओसी र निगमको गरी ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढी लगानी भएको छ ।

पाइपलाइन निर्माणको चर्चा सन् १९९६ बाटै सुरु भएको हो । तर सन् २००४ मा मात्र दुई देशबीच औपचारिक समझदारी भयो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा निगम र आईओसीबीच पेट्रोलियम पाइपलाइनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । निगमका तर्फबाट तत्कालीन कार्यकारी निर्देशक उपेन्द्र कोइरालाले हस्ताक्षर गरेका थिए । पछि सुशील कोइराला प्रधानमन्त्री भएपछि भारतीय समकक्षी नरेन्द्र मोदीको पहलमा २०१५ अगस्ट २४ मा अर्को सम्झौता भएको थियो ।

तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधानले त्यसमा हस्ताक्षर गरेका थिए २०७२ असोजमा संविधान जारी भएसँगै भारतको नाकाबन्दीपछि परियोजना फेरि अन्योलमा प¥यो । २०७३ चैत २४ मा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी मोदीले पाइपलाइन बिछ्याउने कार्यको संयुक्त शिलान्यास गरेपछि पाइपलाइनबाट इन्धन  । पाइपलाइन परियोजना सन् २०२० मा सम्पन्न गर्ने सम्झौता थियो ।