नम्रता श्रेष्ठलाई यस वर्षको मिस नेपालको उपाधि

नम्रता श्रेष्ठलाई यस वर्षको मिस नेपालको उपाधि

काठमाडौं । मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन् । हाेटल पार्क भिलेजमा  शनिबार भएको ग्राण्ड फिनाले मार्फत उनी विजेता भएकी हुन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० को ताज पहिरिएकी हुन् ।

यस्तै यो वर्षको ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छन् भने ‘मिस नेपाल इन्टनेशनल’को उपाधि सन्ध्या शर्माले हात पारेकी छन् । अन्तिम राउण्डमा निर्णायकले सोधेको प्रश्नको उत्कृष्ट जवाफ दिंदै नम्रताले मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

निर्णायकले ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा कस्तो परिवर्तनकारी तरंग फैलाउन चाहनुहुन्छ’ भनेर सोधिएको थियो । त्यसकाे जवाफमा नम्रताले नेपाली महिला सकारात्मक साेचकाे हुने र त्यसैकाे आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् । छोरीलाई शिक्षा दिने र दाइजो प्रथा हटाउन आफू लाग्ने नम्रताले जवाफ दिएकी थिइन् ।