June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

अन्तर बैंक एटीएम प्रयोगमा शुल्क लाग्ने

अन्तर बैंक एटीएम प्रयोगमा शुल्क लाग्ने

अबदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै यस्तो निणर्य गरेको हो । राष्ट्र बैंकको यस नयाँ निणर्यका कारण अहिलेसम्म निःशुल्क सेवा पाएका सेवाग्राहीले अब अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क बुझाउनुपर्नेछ ।

राष्ट्र बैंकले यसअघि कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरूलाई निर्देशन दिएको थियो । सो निर्देशन खारेज गर्दै बैंकहरूलाई पहिलेकै व्यवस्थाअनुसार शुल्क लिन राष्ट्र बैंकले निर्देशन दिएको हो ।