June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

इन्फिनिटी लघुवित्तले घोषणा गर्‍यो १५ % लाभांश

इन्फिनिटी लघुवित्तले घोषणा गर्‍यो १५ % लाभांश

मंसिर २१, काठमाडौं ।
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ८१ लाख ४० हजार रहेको छ ।