June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

बुटवलमा गैँडाको खाग तस्करहरूलाई पक्राउ गर्ने क्रममा गोली चल्यो, एक जना घाइते

बुटवलमा गैँडाको खाग तस्करहरूलाई पक्राउ गर्ने क्रममा गोली चल्यो, एक जना घाइते

मंसिर २१, काठमाडौं ।
बुटवल उपमहानगर ८ सुख्खानगरस्थित कलध होटलमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । गैडाको खाग तस्करीमा सम्लग्नहरु बसेको सुचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा गोली प्रहारबाट तस्कर समूहकै एकजना घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घाइतेको नामथर सार्वजनिक गरेको छैन । चिउँडोमा गोली लागेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । बुटवलका प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार प्रहरीले दुईजनालाई होटलबाट पक्राउ गरेको छ । होटलको झ्यालबाट हाम फालेर भागेका एकजनाको खोजी भइरहेको छ ।