June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

आईतवार सुनको मूल्यमा सामान्य गिरावट

आईतवार सुनको मूल्यमा सामान्य गिरावट

मंसिर २१, काठमाडौं
साताको पहिलो कारोबार दिन आईतवार सुन र चाँदीको मूल्यमा सन सामान्य गिरावट भएको छ । आइतवार छापावाल सुन प्रति तोला २ सय रुपैयाँले घटेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार छापावाल सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार २ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार तेजावी सुन प्रति तोला ९२ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आईतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । आईतवार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।