June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

विदेशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३ सय नाघ्यो

विदेशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३ सय नाघ्यो

मंसिर २१, काठमाडौं ।
विदेशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ३०१ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा मृत्यु भएसँगै मृतकको कुल संख्या ३०१ पुगेको हो ।  विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट उक्त संख्यामा नेपालीको मृत्यु भएको छ ।

यो साता जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीकोे कोरोना भाइरसका कारण मृत्यु भएको हो । कोरोना भाइरसका कारण जर्मनीमा रहेका नेपालीको मृत्यु भएको यो पहिलो घटना हो । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।