June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्था नवीकरणको लागि निवेदन दिन मन्त्रालयको आग्रह

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्था नवीकरणको लागि निवेदन दिन मन्त्रालयको आग्रह

मंसिर २१, काठमाडौं ।
श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था नवीकरणको लागि निवेदन पेश गर्न आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार नियमावली २०६४ बमोजिम तोकिएको दस्तुर सहित आउदो पुष मसान्तभित्र संस्था नवीकरण गरिसक्न आग्रह गरेको हो ।

एभरेष्ट बैंक, सिंहदरबार शाखाको ००१००१०६२००००० खाता नम्बरमा तोकिएको दस्तुर रकम जम्मा गरी त्यसको भौचर र साथमा आवश्यक कागजातसहित पौष एक गतेदेखि पौष मसान्तभित्र मन्त्रालयमा सूचीकरण नवीकरणको लागि निवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ । निवेदनसाथ पेश गर्नुपर्ने कागजात र विवरहणहरु नोटरी पब्लिकको कार्यालयबाट प्रमाणित गरी पेश गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।