June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

एनआइसी एसिया बैंकको साधारणसभाबाट १ अर्ब ८४ करोड रुपैयाँ बढिको बोनस सेयर पारित

एनआइसी एसिया बैंकको साधारणसभाबाट १ अर्ब ८४ करोड रुपैयाँ बढिको बोनस सेयर पारित

मंसिर २१, काठमाडौं ।
एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतबार काठमाण्डुको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा २३औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभाले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (१ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

आइतबार बसेको बैंक साधारणसभाले गत आर्थिक बर्षको वासलात, नाफानोक्शान हिसाब खाताका साथै बार्षिक प्रतिवेदन पनि पारित गरेको छ । बैंकका देशभर ३३० शाखा, ४७० एटीएम, ९९ एक्सटेन्सन काउन्टर र ७४ वटा शाखारहित बैंकिङ सेवा इकाइ छन।