June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

नेकपा स्थायी समिति बैठकलाई लक्षित गरी धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा

नेकपा स्थायी समिति बैठकलाई लक्षित गरी धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा

मंसिर २१, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकलाई लक्षित गर्दै पार्टी कार्यालय धुम्बाराही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेकपा कार्यलय वरपर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । त्यस्तै सो क्षेत्रमा नेपाली सेनाको बम डिटेक्टर टोलीले तैनाथ गर्नुका साथै कुकुर समेत परिचालन गरिएको छ ।

शनिवारको सचिवालय बैठकमा ओलीले बैठकमा सहभागि नहुने अडान राखेका थिए । तर बैठकमा ओली पनि सहभागि हुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । प्रचण्ड निकट नेताका अनुसार दुबै अध्यक्षका प्रतिबेदनलाई बैठकमा बाडेर अध्यनका लागि समय दिन प्रचण्ड समुहको तयारी छ ।

यसअघि मंसिर १७ गतेको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरक्षा थ्रेट भएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।आजदेखि सुरु हुने स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ मा ल्याएको राजनीतिक प्रस्ताव र मंसिर १३ गते त्यसको जवाफमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।