June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अध्यक्ष ओलीको अनुपस्थितमा नेकपा स्थायी कमिटी बैठक चल्दै

अध्यक्ष ओलीको अनुपस्थितमा नेकपा स्थायी कमिटी बैठक चल्दै

मंसिर २१, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेको छ । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा कोभिड( १९ को जोखिम रहेको र राजनीतिक दस्ताबेज पनि तयार नभएको भन्दै उनको अनुपस्थित रहेको हो ।

स्थायी कमिटीको बैठक यसअघि नै आज दिउँसो १ बजेका लागि तय थियो । अध्यक्ष ओलीलाई आधा घण्टा भन्दा बढी समय पर्खिएका नेताहरूले उनी नआएपछि बैठक शुरू गरेका हुन् । बैठक अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा चलिरहेको छ ।