June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न,११ प्रतिशत लाभांश वितरण गर्ने

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न,११ प्रतिशत लाभांश वितरण गर्ने

मंसिर २१, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा मंसिर २० गते बैंकको केन्द्रयी कार्यालय काठमाडौंमा सम्पन्न भएको हो ।

उक्त सभामा आव ०७६÷७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ । सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित ०७७ असार मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, आव ०७६÷७७ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत गरेको छ ।

सभाले गत आवको वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८५ रुपैयाँ १८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८ रुपैयाँ ६९ पैसा बराबरको नगद लाभांश (लाभांश करसमेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकले गत वर्ष १ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको थियो । यस्तै बैंकले आर्थिक वर्ष २०७६–७७ सम्ममा रु. ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ भने रु. ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ ।