बेहुलीलाई कोरोना भाइरसको पुष्टि भएपछि पिपिई लगाएरै गरियो विवाह सम्पन्न

बेहुलीलाई कोरोना भाइरसको पुष्टि भएपछि पिपिई लगाएरै गरियो विवाह सम्पन्न

२५ मंसिर, काठमाण्डौ ।


बेहुलीमा कोरोना भाइरसको पुष्टि भएतापनि भारतमा एक जोडी विवाह बन्धनमा बाँधिएका छन् । यो घटना भारतको राजस्थानको हो जहाँ बेहुलीमा विवाह हुनु भन्दा केही घण्टा अगाडि मात्रै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
बेहुलीलाई कोरोना पुष्टि भएपनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पीपीई लगाई विवाहको कार्यक्रम सम्पन्न गरेको बताइएके छ । साथै उक्त विवाहमा उपस्थित अन्य सबैले पनि आफ्नो सुरक्षाका लागि पीपीई लगाएका थिए ।
स्वास्थ्यकर्मीले नै पीपीई लगाएर विवाह गर्न अनुमति दिए पश्चात विवाह भएको बीबीसीमा उल्लेख छ ।