परेवाका कारण अष्ट्रेलिया र अमेरिका विच तनाब

परेवाका कारण अष्ट्रेलिया र अमेरिका विच तनाब

काठमाडौं । अष्ट्रेलियाले जैव–सुरक्षाका लागि खतरा ठानेको परेवालाई तत्काल मार्न रोक लगाएका छन् । अमेरिकाको एक पंक्षी संगठनले विज्ञप्ति निकालेर विरोध जनाएपछि ती परेवालाई तत्काल जीवन दान मिलेको हो । परेवाको खुट्टामा बाँधिएको व्याण्डको आधारमा बिहीबार अस्ट्रेलियाका अधिकारीहरुले उक्त परेवा जनस्वास्थ्यका लागि खतरा भएको भन्दै त्यसलाई मार्नुपर्ने बताएका थिए ।

अमेरिकाको ओकाहोमाको संस्था अमेरिकन रेसिङ पिजन युनियनको प्रमुख डियोन रबर्ट्सले परेवाको खुट्टामा बाँधिएका व्याण्डप्रति शंका गर्दै त्यसलाई फर्जी बताएका थिए र उनले परेवालाई नमार्न आग्रह गरेका थिए । परेवाको खुट्टामा बाँधिएको व्याण्डमा लेखिएको जानकारी अनुसार यो परेवाले अमेरिकाको ओरेगन प्रान्त दुई महिना पहिला छोडेको थियो । त्योे ठाउँ अस्ट्रेलियाको मेलबर्नबाट करिव १३ हजार किलोमिटरको दूरी छ । यसबाट उक्त परेवाले अमेरिकाबाट १३ हजार किलोमिटरको दूरी पार गर्दे अष्ट्रेलिया पुगेको थियो ।