May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

पपस्टार माइकल ज्याक्सनको पुरानो घर लिलामिमा

पपस्टार माइकल ज्याक्सनको पुरानो घर लिलामिमा

काठमाडौं । विश्वविख्यात पपस्टार माइकल ज्याक्सनको पुरानो घर विक्री गरिएको छ । क्यालिफोर्नियाको लस ओलिभसमा रहेको ज्याक्सनको नेभरल्याण्ड फाम (पुरानो घर) बेचिएको हो ।
यसअघि तोकिएको मूल्यमा एक चौथाईमात्र रकम दिएर ज्याक्सनका पुराना साथी रोन बर्कलीले फाम किनेका थिए । फामका लागि उनले २२ मिलियन डलर तिरेका द वाल स्ट्रीट जर्नलले उल्लेख गरेको छ ।

११ सय हेक्टर क्षेत्रफल रहेको फामलाई सन् २०१५ मा सय मिलियन डलर दिने भनिएको थियो । पप गायक ज्याक्सनले सन् १९८७ मा नेभरल्याण्ड किनेर आफ्नो घर बनाएको बीबीसीले उल्लेख गरेको छ । सन् २००९ को जुनमा ज्याक्सन लस एन्जलसमा रहेको आफ्नो अर्को घरमा मृत भेटिएका थिए ।