April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

रोयल्टी सिस्टमलाई व्यवस्थित गरिने

रोयल्टी सिस्टमलाई व्यवस्थित गरिने

माघ १०, काठमाडौं ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले रोयल्टी सिस्टमलाई व्यवस्थित गरिने बताएका छन् । नेपाली सांगीतिक आकाशकी स्वर किन्नरी तारा देवीको १५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरले सो कुरा बताएका हुन् । रोयल्टीको सिस्टमलाई व्यवस्थित गर्नु नै स्रष्टाहरूको ठूलो सम्मान भएको उनको तर्क थियो ।


कार्यक्रममा रचनाकार भैरवनाथ रिमाल कदम पुरस्कारबाट संगीतकार गणेश परियार मराणोपरान्त तथा गायिका ज्ञानु राणालाई नगद २५ हजार १ रुपैयाँ तथा ताम्रपत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रममा बहालवाला मन्त्री भै एकल कन्सर्ट गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाएका सहरी विकास राज्यमन्त्री मानन्धर र तारादेवी फाउण्डेशनका अध्यक्ष दीपक केसीलाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।