बलिउडमा सुशान्तका सहयोगी बनेका अभिनेता संन्दीपले समेत गरे आत्महत्या

बलिउडमा सुशान्तका सहयोगी बनेका अभिनेता संन्दीपले समेत गरे आत्महत्या

काठमाडौं ।
बलिउडमा फेरि अर्को कलाकारले आत्महत्या गरेका छन् । ‘एम एस धोनीः द अनटोल्ड स्टोरी’ फिल्ममा सुशान्त सिंह राजपुतका सहयोगी बनेका अभिनेता सन्दीप नाहरले आत्महत्या गरेका हुन् । उक्त फिल्ममा सरदार साथीका रुपमा देखिएका नाहरले गत मंगलबार मुम्बईको गोरेगाउँमा आत्महत्या गरेका हुन् ।

आत्महत्याअघि सन्दीप सामाजिक संजालमा ९ मिनेटको एक भिडियो र सुसाइड नोट पोष्ट गरेका छन् । यसमा उनले आफ्नी पत्नीमाथि गम्भीर आरोप लगाएका थिए ।
सन्दीपले केसरी, एकता कपूरको बालाजी वेब सिरिज ‘कहने को हमसफर है’, ‘खानदानी शफाखाना’, ‘शुक्राणु’ लगायतका फिल्म खेलेका छन् ।