अभिनेत्री दीया मिर्जाले गरिन् दोस्रो विवाह

अभिनेत्री दीया मिर्जाले गरिन् दोस्रो विवाह

काठमाडौँ । बलिवुड अभिनेत्री दीया मिर्जा आफ्ना विजनेसम्यान प्रेमी वैभव रेखीसँग दोस्रो विवाह गरेकी छिन्् । सन् २००० मा मिस एशिया प्यासिफिकको उपाधि जितेपछि बलिवुडमा प्रवेश गरेकी दीयाले करिब ११ बर्षको सम्बन्धलाई तोडेर आफु अलग भएकी थिइन् । ३९ बर्षिय अभिनेत्री दीयाले २०१९ को अगस्तमा आफ्ना पति साहिल सांघासँग डिभोर्स गरेकी थिइन् ।


सोमवार भएको दीयाको विवाहमा निर्देशक राजकुमार हिरानी, अभिनेत्री मलाइका अरोरा, अभिनेता जायद खानलगायत ५० जनाको सहभागी रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन् । दीयाले रहना है तेरे दिल मे, थप्पड, लागे रहो मुन्ना भाई, तहजिव जस्ता फिल्ममा अभिनय गरेकी छन् ।