बुटिक र डिलक्स होटलले पाए तारे होटलको मान्यता

बुटिक र डिलक्स होटलले पाए तारे होटलको मान्यता

काठमाडौँ, ८ फागुन ।
सुविधासम्पन्न तारे होटललाई मात्र स्टारमा वर्गीकरण गर्दे आएको सरकारले अव डिलक्स र बुटिक होटललाई समेत स्टार होटलको मान्यता दिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पर्यटन विभागले बुटिक र डिलक्स होटलको वर्गीकरण गरी तारे स्तरको होटलका लागि सङ्केत चिन्ह निर्धारण गरेपछि डिलक्स र बुटिक होटलले स्टारको मान्यता पाएका हुन् ।

होटल एशोसिएसन अफ नेपाल (हान) को विशेष पहलमा विभागले होटलको स्तर चिन्ह प्रदान गरेको छ । हानले संसारभरको अभ्यास अनुसार डिलक्स र बुटिकलाई तारे होटलको मान्यता दिएको हो । होटलको स्तरीकरणका साथै सेवा सुदृढिकरणमासमेत सहयोग विश्वासका साथ हानले पहल थालेको थियो । अन्तत मन्त्रालयले दुबै सस्थालाई तारे होटलमा स्थरबृद्धि गरेको हो ।

वर्गीकरण अनुसार एकतारेदेखि पाँचतारेसम्मका होटलको सङ्केत चिन्ह क्रमशः एकतारादेखि पाँच तारासम्म हुनेछ भने पाँचतारा डिलक्स होटलका लागि पाँचतारा र डिलक्क शब्द राख्नुपर्ने सरकराले नियम बनाएको छ ।


त्यस्तै साधारण हेरिटेज बुटिक होटलको न्यूनतम स्तर तीन तारे हुनेछ । जसको सङ्केत चिन्हमा ‘तीन तारा र स्टाण्डर्ड हेरिटेज’ भन्ने शब्द राख्नुपर्नेछ । डिलक्स रिर्सोटले चारतारा र लक्जरी रिर्सोटले पाँचतारा र लक्जरी रिर्सोट शब्द राखेर आफ्नो रिर्सोटको पहिचान जनाउन सक्ने गरी निर्णय भएको छ । पर्यटक स्तरका होटेलको सङ्केत चिन्ह ‘टीएस’ हुनेछ ।