सामान्य अंकले बढ्यो नेप्से, नेपाल बैंकको ६१ करोडको कारोबार

सामान्य अंकले बढ्यो नेप्से, नेपाल बैंकको ६१ करोडको कारोबार

फागुन ९, काठमाडौं ।
कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा सामान्य अंकले बढेकोे छ । आज परिसुचक ३.६६ अंकले बढे २६४०.३४ अंकमा कायम भएको छ । आइतबार २०६ कम्पनीहरु कारोबारमा सामेल भएकामा २ करोड ४३ लाख कित्ता सेयर बिक्री भएको छ । ९३ हजार ३९ पटकको खरिदबिक्रीपछि ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९ सय ६७ रुपैयाँको कुल कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ ७.१३, वित्त ४.१८, निर्जीवन ८३.८८, लघुवित्त ४५.४६ र जीवन बिमा समुहको उपसुचक ३६१.४६ अंकले घटेको छ ।

अरु समुहको उपसुचक भने हरियो देखिएको छ । आज सबैभन्दा धेरै कमाउनेमा अपर तामाकोशी हाइड्रोपावर कम्पनीका सेयर लगानीकर्ता छन् । अपर तामाकोशीको सेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता ५३९ रुपैंया पुगेको छ । यस्तै, शिव श्री हाइड्रोपावार कम्पनीका लगानीकर्ताले पनि सर्वाधिक १० प्रतिशत कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको ६१ करोड ४२ लाख बराबारको सेयर कारोबार भएको छ । दोस्रोमा निफ्राको ५३ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै ग्लोबल आईएमईको ३० करोड ९२ लाखको, एनआईसी एसिया बैंकको ३० करोड ४४ लाखको सेयर कारोबार भएको छ ।