नेपाली रिमेक “अर्जुन रेड्डी” का लागि कलकारको खोजी

नेपाली रिमेक “अर्जुन रेड्डी” का लागि कलकारको खोजी


दक्षिण भारतीय तेलुगु चलचित्र “अर्जुन रेड्डी” बक्स अफिसमा हिट भएको थियो । उक्त चलचित्र हिन्दीमा “कबिर सिंह” नामले समेत बनाइएको थियो । सो चलचित्रले समेत बक्स आफिसमा तहल्का मच्चाउन सफल भएको थियो ।


सोहि चलचित्रको नेपाली भर्सन बन्ने चर्चा विगत लामो समय देखि चल्दै आएको हो । लामो समय देखि हल्ला फैलिएतापनि चलचित्रको निर्माण हुने कुनै छाँटकाँट हाल सम्म देखिएको छैंन ।
नायकहरु हरिहर अधिकारी र आर्यन सिग्देलको नाम नेपाली भर्जन “अर्जुन रेड्डी” का लागि निकै जोडिएतापनि यी दुई नायक समेतले उक्त चलचित्रमा खोल्न नपाउने भएका हुन् ।


निर्माण पक्षले लिड कलाकारको खोजी अडिसन द्धारा गर्ने तयारी गरेपछि दुबै कलाकार बाहिरिने पक्का छ । निमार्ण पक्षले नयाँ कलाकार चाँडै खोजी गर्ने जनाएको छ ।