भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना

भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना


काठमाडौं । स्वास्थ्य उपचारको लागि भारतको नयाँ दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आज अस्पताल भर्ना भएका छन् । डा.भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उनका निजी सचिव विश्व दिप पाण्डेल जनाएका छन् । सामाजिक संजानमा फोटो हाल्दै पाण्डेले हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिनुभएका डा.भट्टराई आज थप उपचारको लागि भर्ना भएको उल्लेख छ ।

ललितपुरको निदान अस्पतालमा गरिएको परिक्षणमा डाक्टर भट्टराईको पेटमा ट्युमर आशंका गरिएपछि थप परिक्षण एवं उपचारका लागि दिल्ली गएका हुन् ।