राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा जारी, मन्त्रीपरिषद्को पनि बस्दै

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बालुवाटारमा जारी, मन्त्रीपरिषद्को पनि बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषदको बैठक बसिरहेको छ । परिषदको बैठक नियमित भएको रक्षा सचिव रेशमीराज पाण्डेले बताएका छन् । ‘खास त्यस्तो केही होइन, यो परिषद्को नियमित बैठक हो’, सचिव पाण्डले भने । उनले परिषद् बैठक राष्ट्रिय सुरक्षामा चुनौति थपिन सक्ने र सम्भावित विपद्लाई आंकलन गरेर बस्ने तयारी गरेको बताए ।


प्रधानमन्त्रीले परिषद् बैठक बोलाउनुलाई विकसित राजनीतिक घटनाक्रमसँग जोडेर हेरिएको छ । प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अस्थिरता छ । सुरक्षा चुनौती बढ्ने सम्भावना छ ।
यसैलाई आंकलन गरेर परिषद बैठक प्रधानमन्त्री ओलीले बोलाएको हुन सक्ने अनुमान गरिएको छ ।

सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ । परिषद्को सदस्यसचिव भने रक्षाका सचिव हुन्छन् ।

परिषदको बैंठक अधिल्लो दिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच झण्डै एक घण्टा भेट भएको थियो । यस्लाई समेत जनकारहरुले नयाँ रणनीतिका रुपमा बुझेका छन् । राणा र थापाबीच सोमबार सर्वोच्च अदालतमा एक घण्टा भेटवार्ता भएको थियो ।

मुलुक तरल राजीतिबाट गुज्रिरहेको बेला भएको राणा र थापाबीचका् भेटवार्तालाई लिएर राजनीतिक वृत्तमा विभिन्न अडकलबाजी भइरहेका छन् । भेटलाई लिएर साहित्यकार तथा लेखक खगेन्द्र संग्रौला आशंका व्यक्त गरेका छन् । उनले समाजिक संजानमा भनेका छन्– ‘खड्गप्रसाद शर्मा ओलीको ताण्डवउपर सर्वोच्च अदालतको फैसला हुनहुन लाग्दा प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालतमा सुटुक्क, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा मुसुक्क,’ संग्रौलाले ट्विटरमा लेखेका छन्, ‘यो सुटुक्क र मुसुक्कको गर्भबाट केको जायजन्म हुने हो दुनियाँ सशंकित र भयाक्रान्त भो गाँठ्ठे!’

प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएअनुरुप बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि सोमबार मन्त्रिपरिषदको नियमित बैठक हुने गरे पनि यो पटक आजका लागि राखिएको छ ।