प्रधानन्याधीश जबरा १४ गते अमेरिका प्रस्थान गर्दे

प्रधानन्याधीश जबरा १४ गते अमेरिका प्रस्थान गर्दे

लामो समयदेखि सर्वोच्चले संसद विघटनलाई लिएर भएको बहस सदर गरिदिन्छ कि बदर भन्नेमा सर्वत्र चासो छ । यही समय प्रधानन्याधिस चेलेन्द्रसमशेर जबरा अमेरिका जाने तयारीमा छन् । उनी अमेरिकामा बिश्वका प्रधानन्यायाधीशहरुको सम्मेलनमा सहभागी हुन जान लागेको अदालत स्रोतले बताएको दाबी छ ।


सर्बोच्च स्रोतका अनुसार, १४ गतेभित्र अदालतले निर्णय नदिए संसद पुनस्थपना भने अन्योलमा पर्ने देखिन्छ । फागुन २१ देखि निर्बाचनको सेडियूल आउने र देश निर्बाचनको माहोलमा गईसक्ने जनाएको छ । २१ सम्ममा प्रधानन्यायाधीश नफर्कने अवस्था रहेको पनि अदालत स्रोतले जनाएको छ ।


पार्टीभित्रैबाट आफूलाई काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरी आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेका थिए ।


ओलीको यो कदमको सर्वत्र विरोध हुनुका साथै संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए । संसद विघटनको कदमलगत्तै सत्तारुढ नेकपासमेत दुई खेमामा विभाजित भएको छ ।