April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

‘फटाह फणिन्द्रे’मा बेइमान र हैट पनि अनुबन्ध

‘फटाह फणिन्द्रे’मा बेइमान र हैट पनि अनुबन्ध

काठमाडौं – अरुण खड्काको निर्माण निर्देशनमा बन्ने फिल्म ’फटाह फणिन्द्रे’ मा दुई कमेडी कलाकार पनि इन्ट्री भएका छन् । पर्दामा प्राय जालसाजी गर्ने पात्रको भूमिकामा देखिने रवि डंगोल ’बेमान’ र बुद्धि तामाङ ’हैट’ पनि अनुबन्ध भएका हुन् । उनीहरुसँग निर्माण टिमले सम्झौता गरिसकेको छ । यसअघि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, रोहित रुम्बा, उत्तक केसी लगायतका कलाकार फाइनल भइसकेका छन् ।


आउँदो चैत पहिलो साताबाट सुटिङ हुने भनिएको फिल्म ‘फटाह फणिन्द्रेमा मुख्य भूमिकामा सुस्मा कार्की रहने छिन् । त्यस्तै कर्मा, छुल्ठिमको पनि जोडदार अभिनय रहनेछ । श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुने यस फिल्ममा उत्तम केसीको कथा रहेको छ । यस फिल्ममार्फत अरुणले निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यस फिल्ममा विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेका छन् ।