April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

कांग्रेस पदाधिकारी बैठकको निर्णय : नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने

कांग्रेस पदाधिकारी बैठकको निर्णय : नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने

१३ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनस्र्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समिक्षा यस्तो निस्कर्ष निकालेको हो ।


बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए । जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान र संसदीय प्रणालीलाई बचाएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।


कांग्रेस बैठकले नेकपा विवादको अन्तिम टुङ्गो नलाग्दासम्म कुनै समूहसँग पनि सत्ता सहकार्य नगर्ने निष्कर्ष निकालेको हो । बैठकमा संसद पुनस्थापनापछिको विकसित राजनीतिक अवस्थाका विषयमा छलफल भएको हो ।