April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

वामदेव गौतमद्धारा तत्काल सचिवालय बैठक बोलाउन माग

वामदेव गौतमद्धारा तत्काल सचिवालय बैठक बोलाउन माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई तत्काल सचिवालय बैठक बोलाउन माग गरेका छन्। 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि नेता गौतमले बुधबार विज्ञप्ति प्रकाशन गर्दै पार्टी एकता जोगाउन सचिवालय बैठक बोलाउन माग गरेका हुन्।

प्रतिनिधि सभा विघटनपछि नेकपा दुई समूहमा विभाजन भएपनि उपाध्यक्ष गौतम राष्ट्रिय अभियान सञ्चालन गरेर पार्टी एकता जोगाउन लागिपरेका छन्।

पार्टी दुई समूहमा विभाजन भएपछि नौ सचिवालय सदस्यमध्ये पार्टी अध्यक्ष ओली, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा एकातिर तथा पार्टी अध्यक्ष दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ अर्को समूहमा छन्।