April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

सौर्य शम्शेर राणाको मुटुको अप्रेसनको क्रममा निधन

सौर्य शम्शेर राणाको मुटुको अप्रेसनको क्रममा निधन

काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष तथा सिप्रदी गुप्रका निर्देशक सौर्य शम्शेर राणाको निधन भएको छ । राणाको आइतबार उपचारका क्रममा काठमाडौंको मेडिसिटी हस्पिटलमा मुटुको अप्रेसनको क्रममा मृत्यु भएको हो ।

उनको आइतवार नै अन्तिम संस्कार भएको छ । २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आवद्ध रहेका राणा लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । राणाका श्रीमती, एक छोरा र एक छोरी छन् ।