April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

पछिल्लो २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, २ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, २ संक्रमितको मृत्यु

फागुन १६, काठमाडौं ।
पछिल्लो २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार विभिन्न प्रयोगशालामा २ हजार ५ सय ३२ जनाको पिसिआर परिक्षण गर्दा थप ८१ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म मुलुकभर २ लाख ७० हजार ३ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल मुलुकभर ९ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् । आइतवार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ ।