April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

अविश्वासको प्रस्ताव पारित गरेर देखाउँन प्रधानमन्त्री ओलीको चुनौती

अविश्वासको प्रस्ताव पारित गरेर देखाउँन प्रधानमन्त्री ओलीको चुनौती

फाल्गुन १६, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित गरेर देखाउन दाहाल–नेपाल समूहलाई चुनौती दिएका हुन् । आफ्नो निर्वाचन क्षेत्र रहेको झापाको कमल गाउँपालिकामा चीन–नेपालमैत्री औधोगिक पार्कको शिलान्यास कार्यक्रममा ओलीले प्रधानमन्त्रीबाट हटाए देखाउँन चुनौति हुन । प्रधानमन्त्री ओलीले हटाई हालेपनि आफू फेरि जनताबाट दुई तिहाई मत जितेर सरकारमा आउने दाबी ओलीको थियो ।


प्रधानमन्त्री ओलीले संसद पुर्नस्थापना भएपनि कुनै चिन्ताको विषय नभएको बताए । उनले संविधानको मर्मअनुसार आफूले सरकार सञ्चालन गरेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहले मुलुकको विकासलाई अघि बढ्न बाधा पु¥याईरहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द समूहसंग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने समेत बताए । उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गरे । प्रधानमन्त्री ओलीले आजै पाँचवटा पुलको उद्घाटन र ३१ पुलको शिलान्यास गरेका छन् ।

झापाको कमल गाउँपालिका ७, गौरादह नगरपालिका ५ र दमक नगरपालिका १० को सङ्गमस्थलमा २१ सय बिघा जग्गामा औद्योगिक पार्क निर्माण हुन लागेको हो । सो पार्कमा चीन सरकारको ६५ अर्ब रुपैयाँ लगानी हुने भएको छ । पार्कमा पहिलो चरणमा २६ विदेशी कारखाना स्थापनाको लागि उदघाटन गरेका हुन् ।