April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

नेदरल्याण्डका राजदूतमा राजभण्डारी नियुक्त

नेदरल्याण्डका राजदूतमा राजभण्डारी नियुक्त

फागुन १७, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गहेन्द्र राजभण्डारीलाई नेदरल्याण्डका लागि नेपाली गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् । मन्त्रीपरिषदको सिफारिस बमोजिम सोमबार राष्ट्रपति भण्डारीले राजभण्डारीलाई नेदरल्यान्ड्सको गैरआवासय राजदूतमा नियुक्त गरेकी हुन् । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयलेका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।