April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

सेयर बजार ४० अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्बमा खुम्चियो

सेयर बजार ४० अंकले बढ्यो, कारोबार रकम साढे ५ अर्बमा खुम्चियो

फागुन १७, काठमाडौं ।
सेयर बजारको परिसूचक नेप्से ४०.६४ अंकले बढेको छ । सोमबार उक्त अंकको वृद्धिपछि नेप्से २५१५.३ अंकमा कायम भएको छ । । यसअघि आइतबार ८० अंकले घटेको बजार सोमबार भने हरियाली भएको छ । सबै समूहहरु यस दिन बढेका छन् । सोमबार २०९ वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर ७० हजार ३३९ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबार रकम पछिल्ला दिनहरुको तुलनामा करिब आधाले कम हो । आज बैंकिङ २६, ब्यापार ९७, होटल तथा पर्यटन ५५, विकास बैंक ३८, जलविद्युत ३०, फाइनान्स २३, निर्जीवन बीमा १८३, उत्पादन ६८, अन्य २७, माइक्रोफाइनान्स ८१, जीवन बीमा ३५९ र लगानी समूह १ अंकले बढेका छन् । चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले बढ्यो ।

बरुण हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक र आशा लघुवित्तको मूल्य ६ प्रतिशतभन्दा धेरैले बढ्यो । यस दिन १३ कम्पनीको मूल्य मात्रै घटेको छ । कारोबारका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो । सो कम्पनीको ४४ करोड रुपैयाँको कारोबार भउको छ । त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीको ३० करोडको कारोबार भएको छ ।