April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

नेपालमा थप ७३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

नेपालमा थप ७३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

फागुन १७, काठमाडौं ।
पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ३ हजार ४९ जनाको पिसिआर परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले जनाउको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।

जसमध्ये ९ सय ६८ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ रहेको छ । हालसम्म देशभर २१ लाख ६५ हजार ९ सय ८५ नमुनाको पीसीआर परीक्षण भएको छ ।

क्वारेन्टाइनमा ६१ जना रहेका छन् । यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।