April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

प्रधानमन्त्री ओलीले लगाए कोभिडविरुद्धको खोप

प्रधानमन्त्री ओलीले लगाए कोभिडविरुद्धको खोप

फागुन २३, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । आइतबार बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेर प्रधानमन्त्री ओलीले खोप लगाएका हुन् । प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्यले खोप लगाएकी छन् ।

सरकारले आइतवारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन समेत गरेको छ । सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ । यसअघि आजै बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बुमा पुगेर गृहमन्त्री रामबहादुर थापाले पनि खोप लगाएका छन् ।